समाचारबिहिवार, बैशाख ७, २०७४

पहिराले पुरिएर चारको मृत्यु

हिमालखबर

कालीकोटको लालीघाट बजारमा ७ वैशाख साँझ आएको पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–१ का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् ।

घटनामा सान्ने त्रिवेणी–३ की भावना देवकोटा घाइते भएको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिए । पहिराले चिया पसलमा चिया खान बसेकाहरु र पसल सञ्चालकको मृत्यु भएको हो ।

अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले अहिले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताए । रासस

प्रतिकृया दिनुहोस