अनिल झा नेतृत्वको सद्भावना पनि राजपामा
आजै मात्र पाँच मधेस केन्द्रित दलको एकताबाट बनेको राष्ट्रिय जनता पार्टी (राजपा)मा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि थपिएको छ ।
पाँच पार्टीको एकता सभा लगत्तै अनिल झाले नेपाल सद्भावना पार्टी पनि राष्ट्रिय जनता पार्टीमा एकता भएको पत्रमा हस्ताक्षर गरेका छन् ।
महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीसहित ६ दल एकता भएर राष्ट्रिय जनता पार्टी बनेको छ ।