समाचारबिहिवार, बैशाख ७, २०७४

मधेशकेन्द्रित पाँच दलबीच एकता घोषणा

हिमालखबर

आज काठमाडौंको कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनाधिकार फोरम गणतान्त्रिकबीच एकता भएको घोषणा गरिएको छ ।

एकतापछि नयाँ दलको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ भने चुनाव चिन्ह छाता घोषणा गरिएको छ ।

पार्टीको नेतृत्व अध्यक्ष मण्डलले गर्नेछ । जसमा पाँचवटै दलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजकिशोर यादव, शरत्‌सिंह भण्डारी रहनेछन् ।

नयाँ पार्टीमा अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीलाई समेट्ने प्रयास भइरहेको सद्भावना पार्टीका सचिव महतोले बताए । त्यसैगरी सबै दलका पदाधिकारीहरु नयाँ दलमा पनि पदाधिकारी नै रहनेछन् ।

प्रतिकृया दिनुहोस