पहिले निर्वाचन अनिमात्र संविधान संशोधनः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने बताएका छन् ।
थाइल्यान्डबाट उपचार गरेर स्वदेश फर्केने क्रममा आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले लोकतान्त्रिक विधिमा विश्वास गर्ने दलहरूले निर्वाचनमा भाग लिनुपर्ने धारणा राखेका हुन् ।
स्थानीय तहको निर्वाचन पछि मात्रै संविधान संशोधनको विषयमा छलफल गर्न सकिने ओलीले बताए । उनले भने– “निर्वाचन मुलुकका लागि अपरिहार्य छ । त्यसैले सबै दल मिलेर निर्वाचन सम्पन्न गरौँ । बाँकी विषयमा अनि सोचौंला ।” ओलीले ३१ वैशाखमा एकै चरणमा निर्वाचन हुनुपर्ने अडान दोहोर्याए ।
त्यस्तै एमाले अध्यक्ष ओलीले मधेसवादी दलहरूले गरिरहेको पार्टी एकता सकारात्मक भएको टिप्पणी गरेका छन् ।