देशभर १० हजार ६४० मतदान स्थल
निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि देशभर १० हजार ६४० मतदान स्थल तोकेको छ ।
आज बसेको निर्वाचन आयोगको बैठकले देशभर मतदान स्थल र मतदान केन्द्र तोकेको हो ।
निर्वाचनमा आयोगका अनुसार एक मतदान स्थलमा एक भन्दा बढी मतदान केन्द्र पनि तोकिएको छ । जसअनुसार १८ हजार ५ सय ७२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचन आयोगका अनुसार देशभर १ करोड ४० लाख ५४ हजार ४८२ मतदाता रहेका छन् ।