स्थानीय तहमा उम्मेदवार हुन नगर विकास समितिको अध्यक्षबाट राजीनामा
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले राजीनामा दिएका छन् ।
पदवधि तीन महिना बाँकी छँदै राजीनामा दिएका उनले कास्कीको रुपा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन राजीनामा गरेको बुझिएको छ ।
रुपा गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसले रुपाले सिफारिस गरेको ९ जनाको नामावलीमा उनको नाम एक नम्बरमा छ ।
यद्यपी उनले नगर विकास ऐन २०४५ अनुसार गठित उपत्यका नगर विकास समितिको हैसियत नयाँ संघीय संरचनामा प्रष्ट नभएको र काम गर्न असहज भएकाले राजीनामा दिनुपरेको बताए ।
निर्वाचन ऐन अनुसार सरकारी नियुक्तिमा रहेका व्यक्ति उमेदवार हुन चाहेमा मनोनयन दर्ता गर्ने दिन सम्ममा राजीनामा स्वीकृत भएको हुनुपर्ने उल्लेख छ । सोहि अनुसार उनले गाँउपालिका प्रमुखको रुपमा उमेदवारीका लागि कार्यकाल छँदै राजीनामा दिएका हुन् ।