बेनेलीका ३ नयाँ मोटरसाइकल नेपाली बजारमा
इटालियन मोटरसाइकल उत्पादक कम्पनी बेनेलीले ३ नयाँ मोडलका मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।
बेनेलीको नेपालका लागि आधिकारीक बिक्रेता केटिएम इन्टरनेशनलले टिएनटी–१३५, टोर्नाडो–३०२ आर र टिआरके–५०२ को बिक्री शुरु गरेको हो ।
२ लाख ५० हजार रुपैयाँ पर्ने टिएनटी–१३५ कालो, सेतो र रातो रङमा उपलब्ध छ । यो मोटरसाइलकमा ७ लिटरको ट्याङ्की रहेको छ । यसले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
त्यस्तै बजार मूल्य ७ लाख ५० हजार पर्ने टोर्नाडो–३०२ ले प्रतिलिटर ३० किलोमिटर माइलेज दिने बताइएको छ । टोर्नाडो–३०२ मा अगाडिको चक्कामा २ सय ६० एमएमको डबल डिस्क ब्रेक रहेको छ ।
टिआरके–५०२ बजार मूल्य ११ लाख तोकिएको छ । यो ५ सय सिसिको मोटरसाइकल हो । २० लिटरको ट्याङकी रहेको यो मोटरसाइकल लामो दुरीको यात्राका लागि तयार पारिएको कम्पनीले जनाएको छ ।