दोहोरो अङ्कले घट्यो सेयर बजार
निरन्तर उकालो लाग्दै आएको सेयर बजार आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ३९.५७ बिन्दुले ओरालो लागेर एक हजार ६१२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ९.०८ बिन्दुले घटेको छ ।
कुल १४२ कम्पनीको २२ लाख नौ हजार ९३१ कित्ता सेयर रु एक अर्ब ५० करोड ९४ लाख ८८ हजार ८२८ मूल्यमा बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । उत्पादन समूहबाहेक अरु समूहको सेयर घट्दा बजार ओरालो लागेको हो । सो समूहको सेयर मूल्य ८.९६ बिन्दुले बढेको छ ।
बैंकिङ समूह ४४.०७, होटल ४६.३७, विकास बैंक ३८.८७, जलविद्युत् ७१.२४, फाइनान्स १.९५, बिमा १८४.४७ र अन्य समूह ६.०७ प्रतिशतले घटेको छ । रासस