कांग्रेसः मन्त्रीबारे दुई समूहको विवाद टुंगियो
नेपाली कांग्रेसमा सरकारमा सहभागी हुने मन्त्रीमध्ये ५ जना पौडेल पक्षबाट पठाइने भएपछि दुईपक्षबीचको विवाद टुंगिएको छ ।
वर्तमान सरकारमा कांग्रेसको भागमा परेका १३ मन्त्रीमध्ये ५ जना नेता रामचन्द्र पौडेल पक्षबाट र बाँकी ८ जना सभापति देउवा पक्षबाट सहभागी हुने आज विहान देउवा निवासमा बसेको बैठकले सहमति गरेपछि विवाद टुंगिएको हो ।
मन्त्री संख्या बाँडफाँडमा दुवै समूहबीचको विवाद समाधान भए पनि को को मन्त्री बन्ने भन्ने बारे भने अझै टुंगो लागिसकेको छैन ।
यद्यपी पार्टी सभापति देउवा भोलि, १० भदौमा स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएकाले आज साँझसम्म मन्त्रीको नाम दुवैपक्षले टुंगो लगाउने तयारीमा छन् ।
कांग्रेसले मन्त्रीको नामावली दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संभवतः भोलि नै मन्त्रिमण्डल विस्तार गर्नेछन् ।