आकांक्षी धेरै भएपछि एमालेमा उम्मेदवार छान्न मतदान
आकांक्षीहरु धेरै भएपछि एमाले जाजरकोटले ‘भोटिङ’बाट उम्मेदवारको सिफारिस गरेको छ ।
जाजरकोटका सातवटा स्थानीय तहमध्ये तीनवटामा आगामी निर्वाचनमा उम्मेदवार छनौट गर्न एमाले जाजरकोटले निर्वाचन नै गरिएको छ ।
प्रत्येक स्थानीय तहका लागि दुई–दुई जना उम्मेदवारको प्रदेश समितिले सिफारिस गर्नु पर्ने व्यवस्था दुई नगरपालिका र एक गाँउपालिकाममा निर्वाचनको प्रक्रियाबाट उम्मेदवार छानिएका छन् । निर्वाचनमा साविकका गाँउ कार्यसमितिका पदाधिकारी सहभागी थिए ।
सदरमुकाम रहेको भेरी नगरपालिकामा आकांक्षीहरु धेरै भएपछि मदतान गरिएको छ । पाँच जना चुनावमा भिडेपनि पार्टी सचिव सिपी घर्ती र नेता कमान खड्काले अरु भन्दा बढी मत ल्याएकाले नगरप्रमुखको उम्मेदवारका लागि घर्ती र खड्कालाई सिफारिस गरिएको एमाले जाजरकोटले जनाएको छ ।
त्यस्तै त्रिवेणी नलगाड नगरपालिकामा नबेन्द्र नेपाली र धर्मबहादुर शाही सिफारिसमा परेका छन् ।
त्यस्तै शिवालय गाँउपालिकामा पनि उम्मेदवारको सिफारिस गर्न मतदानबाट टुङ्गो लगाईएको छ । बढी मत प्राप्त गर्ने नरेन्द्र शाही र रंगनाथ योगीको नाम सिफारिस भएको एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले जानकारी दिए ।
उनले २० वर्ष पछि स्थानीय तहको चुनाव हुन लागेकोले आकांक्षी धेरै हुनु स्वभाविक रहेको बताए ।
राजेन्द्र कार्की, जाजरकोट