‘रुस्लान गल्फ टुर्नामेन्ट’ सम्पन्न
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको विजय डिष्टिलरीले ‘रुस्लान गल्फ टुर्नामेन्ट’ सम्पन्न गरेको छ ।
१ र २ वैशाखमा राजधानीको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न उक्त प्रतियोगिता मिथुन राई ७२ अङकको साथमा ग्रोस विजेता भएका छन् ।
राईले दुई जनाको लागि काठमाडौँ–बैँकक–काठमाडौँ टुर प्याकेज प्राप्त गरेका छन् । त्यस्तैै प्रतिमा शेर्पा र दमनबहादुर घलेले समान ६७ अङकका साथमा महिला र सिनियर तर्फको उपाधि जितेका छन् ।