थप समाचारसोमवार, बैशाख ४, २०७४

८ वैशाखको बिदा फिर्ता

हिमालखबर

राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गरी स्वदेश फर्कने दिन ८ वैशाखमा सार्वजनिक बिदा नहुने भएको छ ।

गृह मन्त्रालयले ४ वैशाखमा विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीबाट भारतको राजकीय भ्रमणको सिलसिलामा प्रस्थानको दिन ४ वैशाखमा सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा हुनुपर्नेमा अन्यथा भएकाले संशोधन गरिएको जनाएको छ ।

यसअघि ३ वैशाखमा गृह मन्त्रालयले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दुवै दिन सार्वजनिक बिदा दिने जनाएको थियो ।

राष्ट्रपति भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेकी छन । राष्ट्रपति भ्रमण पूरा गरी ८ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ । रासस

प्रतिकृया दिनुहोस