डीपीएलः धनगढी प्ले अफमा प्रवेश
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल)मा धनगढी टिम चौराह प्ले अफमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा प्रतियोगितामा रुपन्देही च्यालेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै धनगढी अन्तिम ४ मा प्रवेश गरेको हो ।
सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ६ विकेटको क्षतिमा ९१ रन बनाएको थियो । उसका लागि प्रकाश केसी ४९ र अन्तिम थापाले ११ रन बनाए । धनगढीका लागि ललित राजबंशीले ४, सुशान भारी र सौरभ खनालले १/१ विकेट लिए ।
प्रतिउत्तरमो धनगढीले ११ ओभरमा ४ विकेट गुमाउदै जित हात पारेको हो । उसका लागि पारश खड्काले २१ बलमा ४२ रन बनाए । त्यस्तै आरिफ सेख १५, राजु रिजाल र अमरसिंह रौटेला १३/१३ रन जोडे । रुपन्देहीका लागि साहद आलमले २ र कृष्ण कार्कीले १ विकेट लिए ।
समान ४÷४ अंक भएपनि रनरेटका आधारमा धनगढी प्ले–अफमा पुगेपछि कञ्चनपुर आइकोनिक र सीवाईसी अत्तरिया बाहिररिएका छन् ।
६ वैशाखमा पहिलो स्थानमा रहेको रुपन्देही र दोस्रो स्थानमा रहेको विराटनगरबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । तेस्रो र चौथो स्थानमा रहेका काठमाडौं गोल्डेन्स र धनगढीबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो र चौथोको विजेतासँग पहिलो र दोस्रोबीचको प्रतिस्पर्धामा पराजित टीमले फाइनले प्रवेशका लागि पुनः खेल्ने मौका पाउने छ ।
९ वैशाखमा हुने फाइनल खेलको विजेतलाई रु.१५ लाख र उपविजेतालाई रु.७ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।