इटलीमा भूकंपबाट मृत्यु हुनेको संख्या १५९ पुग्यो
इटलीमा बुधबार विहान गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १५९ पुगेको छ भने करिब ३६८ घाइते भएका छन् ।
६.२ म्याग्निच्यूडको भूकम्प स्थानीय समयानुसार विहान ३ः३६ बजे गएको थियो ।
भूकम्पबाट ऐतिहासिक शहर अमाट्रिस सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका मेयरले सम्पूर्ण शहर नै तहसनहस भएको बताएका छन् ।
भूकम्पबाट भत्केका संरचनामा अझै पनि केही व्यक्तिहरु परेको हुनसक्ने र मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
भूकम्पको झट्का पूरै इटलीमा महशुस गरिए पनि सबैभन्दा बढी नोक्सान अम्ब्रिआ, लाटजियो र ले मार्सको पहाडी क्षेत्रमा भएको छ ।
विभिन्न एजेन्सीहरुको सहयोगमा त्यहाँ उद्दार र राहतको कार्यक्रम जारी छ ।