कला/साहित्यशनिवार, बैशाख २, २०७४

यलमाया क्लासिकको ११ औं वार्षिकोत्सवमा डा ध्रुवेशको प्रस्तुती

हिमालखबर

हरेक महिनाको २ गते शास्त्रीय संगीतको कार्यक्रम आयोजना गर्दै आएको यलमाया क्लासिकले स्थापनाको ११ औं वार्षिकोत्सव मनाएको छ ।

ललितपुर, पाटनको यलमाया केन्द्रमा आयोजना हुने यलमाया क्लासिकमा आज डा.ध्रुवेशचन्द्र रेग्मीको सितारमा विशेष प्रस्तुती रह्यो । त्यसैगरी  सुगमा गौतम र सुशील गडतौलाले शास्त्रीय गीत प्रस्तुत गरेका थिए भने तबलामा मिलेस तण्डुकार र मनोज गौतमको प्रस्तुती थियो ।

नेपाली शास्त्रीय संगीतको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनको उद्देश्यले २ वैशाख २०६३ बाट यलमाया क्लासिक कार्यक्रम शुरु भएको थियो ।

प्रत्येक महिनाको २ गते साँझ ५ बजे पाटनढोकास्थित यलमाया केन्द्रमा हुने कार्यक्रम बाहेक केन्द्रले विभिन्न समयमा शास्त्रीय संगीतका अन्य कार्यक्रमहरु गर्दै आएको छ ।

आजको कार्यक्रममा शास्त्रीय संगीतमा सहयोग पुर्‍याउने संस्था अतुल स्मृति गुरुकुल र सञ्चारकर्मी समिर सागरलाई सम्मान गरिएको थियो ।

कार्यक्रम सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा मगरको प्रमुख आतिथ्य र प्राज्ञ कविता आलेको आतिथ्यमा भएको थियो ।

 

प्रतिकृया दिनुहोस