सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः भवानी राणा
नेपाल उद्योग वाणिज्य महासङ्घकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले सरकार र निजी क्षेत्रको सहकार्य नै आर्थिक समद्धिको मेरुदण्ड भएको बताएकी छिन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मुलुकलाई सामाजिक र आर्थिक समृद्धिको बाटोमा हिडाउनको लागि निजी क्षेत्र र सरकारको सहकार्य अपरिहार्य भएको बताएकी हुन् ।
राणाले भनिन् “युवाको विदेश पलायन रोक्न मुलुकमै रोजगार सिर्जना गर्ने वातावरण तयार गर्न महासङ्घ प्रयासरत रहनेछ ।” मुलुक प्रदेशको अवधारणामा अगाडि बढेकोले महासङ्घले पनि विगतमा गरेका कामलाई निरन्तरता दिँदै महासङ्घअन्तर्गतका जिल्ला, नगरलाई प्रान्तीय रूपमा अगाडि बढाउने राणाले धारणा राखिन । त्यस्तै प्रत्येक प्रदेशमा स्मार्ट सिटी निर्माणका लागि पहल गर्ने अध्यक्ष राणाले बताइन् । उनले भनिन् “सात प्रदेशमा स्मार्ट सिटी बनाउनका लागि सहरी विकास मन्त्रालयसँग मिलेर काम गर्नेछौँ ।”
मुलुकको समृद्धि, आर्थिक विकास र औद्योगिक वातावरणका लागि निर्वाचन आवश्यक भएको उनको धारणा थियो ।