कपिलवस्तुमा आगलागीबाट ५७ घर जले
कपिलवस्तुको शिवराज–१० शितलापुर गाउँमा आगलागी हुँदा ५७ घर जलेर नष्ट भएका छन् ।
स्थानीय मन्नान खानको घरबाट शुरु भएको आगोले करीब ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीबाट स्थानीय ४५ वर्षीय सीताराम लोनिया घाईते भएका छन् ।
३० चैत विहान करीब १२ बजे शुरु भएको आगलागी कृष्णनगर नगरपालिका र कपिलवस्तु नगरपालिकाका २ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सर्वसाधारणको प्रयास पछि बेलुका ६ बजे मात्रै नियन्त्रणमा आएको थियो ।
आगलागी पिडितहरुलाई प्रति परिवार ५ हजारका दरले तत्काल राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताएका छन् ।
गोपाल भण्डारी, कपिलवस्तु