कला/साहित्यबुधवार, चैत्र ३०, २०७३

प्रिज्मा भइन मिस एक्नेस

हिमालखबर


मिस एक्नेस, बियोन्द ब्यूटी–२०१७ को उपाधी प्रिज्मा खोसींले जितेकी छन् ।

आर्मी अर्फिसर क्लबमा भएको प्रतियोगितामा प्रिज्मा विजेता भएकी हुन । प्रतियोगितामा करुणा श्रेष्ठ मिस पपुलरसहित फस्ट रन्नर अप र प्रकृती शिवाकोटी सेकेन्ड रन्नर अप भइन ।

त्यस्तै मिस बेष्ट स्किन प्रमिला थापा, मिस बेष्ट फिगर अलिशा मर्हजन र मिस बेष्ट स्माइल सपना थलाल भइन । प्रतियोगितामा भाष्कर राज कर्णिकार, गौरव पहाडी, इन्दिरा जोशी, चारु चड्डा, रुपेस कृष्ण श्रेष्ठ, डा.श्रद्धा र्गोखाली निर्णयक रहेका थिए ।

मिस एक्नेस, बियोन्द ब्यूटी एक्नेस ब्रान्डसँग आवद्ध भइ ब्रान्डको विज्ञापन र अनेक कार्यहरु गर्दै प्रतिभा र क्षमता प्रर्दशन गर्ने अवसर दिनका लागि प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस