नयाँ संशोधन विधेयक पनि अस्वीकार गर्ने मोर्चाको निर्णय
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको नयाँ विधेयक पनि अस्वीकार गर्ने भएको छ ।
मोर्चाको बैठकले नयाँ संशोधन विधेयकले आफ्नो मागलाई थप वेवास्ता गरेकोले अस्वीकार गर्ने र स्थानीय तहको निर्वाचनमा भागसमेत नलिने निर्णय गरेको हो ।
प्रदेशको सीमांकन हेरफेरलाई थाँती राखिएकाले नयाँ संशोधन विधेयक नमान्ने र आन्दोलनमा जाने मार्चाले निर्णय गरेको छ । त्यस्तै सरकारले नयाँ विधेयक मस्यौदाको क्रममा आफुसँग कुनै छलफल नगरिएको मार्चाले आरोप लगाएको छ ।