शिवम् सिमेन्टद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स् हस्तान्तरण
शिवम् सिमेन्ट लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ ।
२९ चैतमा एक कार्यक्रमकाबीच शिवम् सिमेन्टका सञ्चालक रघु नन्दन मारुज्युले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । एम्बुलेन्सको साथमा शिवम् सिमेन्टले एम्बुलेन्सको व्यवस्थापन तथा अन्य प्रारम्भिक खर्चका लागि रु.५२ हजार ‘सिड मनी’ पनि प्रदान गरेको थियो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिको जिम्मेवारीमा हस्तान्तरण गरिएको उक्त एम्बुलेन्सले सुकौरा, बुढिचौर, आमभञ्ज्याङ्ग, मकवानपुरगढी र हटियालगायत वरिपरिका जनसमुदायमा सेवा पुर्याउनेछ । यसअघि उक्त स्थानहरुमा हेटौंडा रेडक्रस र हेटौंडा अस्पतालबाट मात्र एम्बुलेन्सको सेवा उपलब्ध हुुने गरेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत शिवम् सिमेन्टले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय सञ्चालनमा सहयोग, स्वास्थ्य चौकी सञ्चालनमा सहयोग, वातावरण व्यस्थापनलगायतका कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।