निर्वाचनमा सेना ब्याक फोर्सको रूपमा रहने
निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले स्थानीय तहको निर्वाचनमा सेना ब्याक फोर्सको रूपमा रहने बताएका छन् ।
बिराटनगरमा आज बिहान पत्रकारसँगको कुराकानीमा दाहालले सेना परिचालन गरिने नभई ब्याक फोर्सको रूपमा मात्रै प्रयोग गरिने बताएका हुन् ।
त्यस्तै दाहालले आयोग तीव्र गतिमा निर्वाचनको तयारीमा लागेको भन्दै मतदाता परिचयपत्र र मतपत्र छपाइ साथै निर्वाचन प्रशिक्षण अन्तिम चरणमा पुगेको जानकारी दिए ।
आयुक्त दाहालले प्रदेश नं २ का जनता पनि निर्वाचनको पक्षमा उत्साहित देखिएको र केही दिनमै त्यहाँ मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।