प्रहरी महानिरीक्षक अर्याललाई दर्ज्यानी चिह्न
गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई २८ चैत राती नै गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले २८ चैतमा नायब प्रहरी महानिरीक्षक अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । २०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अर्याल २६ औँ प्रहरी महानिरीक्षक भएका छन ।
मन्त्रालयमा आयोजित समारोहमा अर्याललाई फुली लगाइदिँदै गृहसचिव रेग्मीले उनको कार्यकालमा नेपाल प्रहरीको गौरव अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । रासस