प्रकाश अर्याल आईजीपीमा नियुक्त, दर्ज्यानी चिन्ह आजै
सरकारले प्रहरी नायब महानिरीक्षक (डिआईजी) प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को २८ चैत साँझ बसेको बैठकले डिआईजी अर्याललाई बढुवा गर्ने निर्णय गरेको हो ।
अर्याललाई केहीबेर सिंहदरबारमा दर्ज्यानी चिन्ह प्रदान गरिने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
डिआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको १ फागुनको निर्णय सर्वोच्च अदालतले ८ चैतमा उत्प्रेषणको आदेशमार्फत बदर गरेको थियो । सर्वोच्चले ‘हाम्रो होइन राम्रो’ डिआईजीलाई आईजीपी बनाउन आदेश दिएको थियो ।