पाँचथरमा आगलागी, ८ घर जले
पाँचथरको हिलिहाङ गाउँपालिका–७ सुभाङमा जंगलबाट सल्केको आगो २८ चैतमा वस्तीमा पस्दा ८ घर जलेका छन ।
आगलागीबाट इन्द्रबहादुर पन्दाक र मदन चाँपागाईसहित ८ घर जलेको घट्नास्थलमा रहेका पाँचथरका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । तमोर नदी गडतीरबाट सल्केको आगो गाउँमा पसेको जनाएको छ ।
२७ चैत राती तमोर गडतीरको जंगलमा सल्केको आगो नियन्त्रण आउन सकेको थिएन । स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरेपनि नसकिएको जनाएको छ । हिजो जंगलमा सल्केको आगो आज वस्तीमा पुगेको स्थानीय बासिन्दाले जानकारी दिए ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणमा खटिएको छ ।
-लक्ष्मी गौतम, पाँचथर