क–कसले पाए एफएनसीसीआई गोल्ड अवार्ड ?
उद्योग वाणिज्य महासङ्घले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १२ जना व्यक्तिहरूलाई एफएनसीसीआई गोल्ड अवार्ड मार्फत सम्मान गरेको छ ।
आजदेखि काठमाडौँमा शुरु भएको महासङ्घको ५१ औँ साधारणसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले अवार्ड हस्तान्तरण गरेका हुन् ।
अवार्ड प्रशासनिक क्षेत्रका कुलमान घिसिङ,, पूर्वगभर्नर हिमालयशम्शेर जबरा, व्यवसायी कर्ण शाक्य, सञ्चार उद्यमी कैलाश सिरोहिया, हवाई क्षेत्रका वीरेन्द्रबहादुर बस्नेत, कला क्षेत्रका नकिम उद्दिनलाई दिइएको छ ।
त्यस्तै सूचना प्रविधि क्षेत्रका भद्रराज पाण्डे, शिक्षा क्षेत्रका प्रा. डा. सुरेशराज शर्मा, स्वास्थ्य क्षेत्रका डा. सन्दुक रोइत, सामाजिक क्षेत्रका अनुराधा कोइराला, उत्पादन क्षेत्रका स्व. रामलाल गोल्छा र सेवा क्षेत्रका स्व लक्ष्मणबाबु श्रेष्ठलाई प्रदान गरिएको छ ।