सशस्त्र प्रहरीको जिप दुर्घटना, हवल्दारको मृत्यु
जीप दुर्घटना हुँदा शसस्त्र प्रहरी हवल्दार मोहनबहादुर घिमिरेको मृत्यु भएको छ भने शसस्त्रका डीएसपीसहित दुई जना घाईते भएका छन् ।
दोलखा कालिञ्चोक गाउँपालिका–७ सुनखानी झर्मासीस्थित दोलखा तामाकोसी सडक खण्डमा भएको जीप दुर्घटनामा शसस्त्रको सुरक्षा बेस लामाबगरका प्रमुख डीएसपी शम्भुजंग थापा र प्रहरी जवान शिव कसवार माझी घाइते भएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए ।
घाइते दुवै जनालाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । डीएसपी थापाको टाउँको र अनुहारमा गम्भीर चोट लागेको छ ।
माथिल्लो तामाकोसी आयोजनाको सुरक्षार्थ रहेको सुरक्षा बेस लामाबगरका प्रमुख डीएसपी थापा सुरक्षा बैठकको लागि सदरमुकाम चरिकोट आउँदै गर्दा दुर्घटनामा परेका हुन ।
-सर्मिला बुढाथोकी, दोलखा