डीपीएल क्रिकेट सुरु, ईएसपीएन क्रिकइन्फोमा लाईभ स्कोर
सरगमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट सुरु भएको छ । २७ चैतमा उद्घाटन गरिएको डीपीएल अन्तरगत आजदेखि प्रतिस्पर्धाहरु सुरु भएका हुन ।
आगामी ९ बैशाखसम्म चल्ने प्रतियोगितामा देशका ६ शहरका ६ टीम सहभागि छन् । आज पहिलो खेल सीवाईसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच तथा दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र कञ्चनपुर आइकोनिकबीच हुने छ ।
डीपीएलेको लाईभ स्कोर ईएसपीएन क्रिकइन्फोमा हेर्न सकिनेछ । संसारभरीका क्रिकेट प्रतियोगिताको लाईभ स्कोर अपडेट गर्ने ईएसपीएन क्रिकइन्फोले डीपीएललाई पनि प्राथमिकतामा राखेर प्रत्येक बलको अपडेट दिइरहेको छ ।
डीपीएलेको लाईभ स्कोर यहाँ हेर्न सकिन्छ ।
http://www.espncricinfo.com/dhangadi-premier-league-2017/engine/match/1089700.html
http://www.espncricinfo.com/dhangadi-premier-league-2017/content/series/1089682.html