कुलमान घिसिङलाई गोल्ड अवार्ड
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई नेपाल उद्योग वाणिज्य महासङ्घले गोल्ड अवार्डद्धारा सम्मान गरेको छ ।
महासङ्घको आजदेखि काठमाडौँमा शुरु भएको ५१ औँ साधारणसभामा घिसिङलाई अवार्ड प्रदान गरिएको हो ।
प्रशासनिक क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै कुलमानलाई अवार्ड दिइएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले घिसिङलाई अवार्ड प्रदान गरेका थिए ।