दुर्घटनामा तीन भारतीय नागरिकको मृत्यु
हेटौँडा-नारायणघाट सडकखण्डको ज्यामिरेमा २६ चैत राती १०ः३० बजे ट्रकले कारलाई ठक्कर दिदा तीन जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको भएको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना.६ ख. ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौं जान आइरहेको बीआर ६–डि ५६२५ नम्बरको भारतीय कारलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्क्रबाट कारमा सवार तीन जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सीतामणि बस्ने ३९ वर्षीय नितेशकुमार सिंह र सोही स्थान बस्ने ४५ वर्षीय सञ्जयकुमार शर्माको सनाखत भएको छ । सोही कारमा रहेका अर्का युवकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
सोही कारमा रहेका भारतको सीतामाणि बस्ने रामकुमार शर्माको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस