द व्रिटिश कलेजमा इ–स्पोटर्स च्याम्पियनसीप शुरु
थापाथलीस्थित द व्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीहरुको आईटी क्लबले अन्तर कलेज इ–स्पोटर्स च्याम्पियनसिप २०१६ आयोजना गरेका छन् । इ–स्पोटर्स प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको कलेजका एशोसिएट डिन (आइटी/कप्युटर साइन्स) अरुणलाल जोशीले उद्घाटन गरेका हुन ।
उपत्यकाका ४० कलेजका विद्यार्थीहरु सहभागी प्रतियोगिता पाँच दिनसम्म चल्ने छ । जसमा फिफा–१६, डोटा–२, सिएसःगो खेलमा प्रतिस्पर्धा गराइने कार्यक्रमका संयोजक प्रतिक गौतमले जानकारी दिए ।