दुई नेपाली अमेरिकामा कम्युनिटी बोर्ड सदस्यमा नियुक्त
अमेरिकाको न्युयोर्क सिटीस्थित क्विन्सबोरो कम्युनिटी बोर्डको सदस्यमा दुई जना नेपाली नियुक्त भएका छन् ।
ल्होप्साङ ठिले शेर्पा र मोहन ज्ञवाली कम्युनिटी बोर्डको सदस्यमा नियुक्त भएका हुन । बोर्डमा दुई वर्षका लागि नियुक्त भएको जनाएको छ । न्यूयोर्क सिटीका ५९ कम्युनिटी बोर्ड मध्ये क्विन्सबोरोमा १४ कम्युनिटी बोर्ड रहेका छन् ।
कम्युनिटी बोर्डले आफ्नो क्षेत्रको शिक्षा, वातावारण, स्वास्थ्य तथा मानव सेवा, घर ब्यवसाय, जन सुरक्षा, सार्वजानिक यातायत, बजेटलगायतका विषयमा स्थानीय सरकारसँग समन्वय गरी काम गर्दछ ।
सिन्धुपाल्चोक तातोपानीका लोप्साङ सन १९९८ मा अमेरिका आएका थिए । मिचिगन युनिभर्सिटी र न्युयोर्क स्टेट युनिभर्सिटीबाट विजनेस र प्रशासनमा स्नातक उनी कोलोम्बिया युनिभर्सिटीमा सामाजिक नीति विषयमा उच्च अध्ययन गरिरहेका छन ।
यो जिम्मेवारी नेपाली अमेरिकन युवा पुस्ताको लागि प्रेरणाको स्रोत हुने शर्पा बताउँछन् । नेपाली समुदायले न्युयोर्क सिटीसँग मिलेर काम गर्न बाटो खुलेको ज्ञवालीको भनाइ छ ।
-ङिमा पाख्रिन, अमेरिका