वाइवाइको बनौं आदर्श नागरिक अभियान
चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउले “बनौं आदर्श नागरिक” अभियान सञ्चालन गर्ने भएको छ ।
हरेक नेपालीलाई देश प्रतिको उत्तरदायित्वबोध गराउन अभियान चलाउने तयारी भएको चौधरी ग्रुपले जनाएको छ ।
यो अभियानले युवाहरुमा आत्मविश्वास, नागरिक सद्भाव र चारित्रिक गुण निर्माण गर्न सहयोग पुर्याउने चौधरी ग्रुपको दाबी छ ।
आदर्श नागरिक अभियान अन्तर्गत सञ्चार माध्यममार्फत् सामाजिक सन्देश, इमान्दारिता, सभ्यता, आचरण एवं सकारात्मक व्यवहारको बारेमा जनचेतनामुलक विज्ञापन प्रकाशन/प्रसारण हुने चौधरी ग्रुपले जनाएको छ ।