कांग्रेस र देउवालाई सर्वोच्चको कारण देखाऊ आदेश
सर्वोच्च अदालतले नेपाली कांग्रेस र उक्त दलका सभापति शेरबहादुर देउवालाई अदालतको अवहलेना सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला–आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले उक्त निर्णय शक्ति पृथकीकरणको मान्यताविपरित भएको निर्णय गरेको र सभापति शेरबहादुर देउवाले १८ चैतमा विराटनगरमा ‘आइजिपी नियुक्तगर्ने काम सरकारको हो, हेर्दैै जाउँ के हुन्छ’ भनी अदालतले गरेको निर्णयउपर चुनौती दिएर बोलेको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले दिएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।
आदेशमा विपक्षीलाई १० दिनभित्र के कारण उक्त प्रकारका अभिव्याक्ति दिएको हो र निर्णय गरेको हो सो खुलाई लिखितजवाफ पेश गर्न भनिएको छ ।
अवहेलना गरेको प्रमाणित भएमा अधिकतम सजाय १ वर्षसम्म कैद वा १ लाख रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।