उपप्रधानमन्त्रीको वरियता विवादले मन्त्रिपरिषद् बैठक स्थगित
बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक उपप्रधानमन्त्रीको वरियता विवादका कारण स्थगित भएको छ ।
उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवादका कारण बैठक स्थगित भएको हो ।
आज स्थगित बैठक आइतबार मात्रै बस्ने भएको छ ।
दुई उपप्रधानमन्त्रीको विवादका कारण नियमित रूपमा बस्ने मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेको छैन ।