गच्छदार, थापा र लामाको पार्टीवीच एकता
विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक), शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीबीच एकीकरण भएको छ।
आज, २३ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच तीन पार्टीको एकता घोषणा गरिएको हो ।
एकीकरणपछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ। एकीकरणसँगै यो पार्टी संसदको पाँचौ ठूलो दल बनेको छ।
फोरम लोकतान्त्रिकका १४, जनमुक्ति पार्टीका २ र दलित जनजाति पार्टी १ जनासहित यो पार्टीका १७ सांसद पुगेका छन्।