काठमाडौंबाट जिरी जाँदै गरेको बस दोलखमा दुर्घटना, १७ घाइते
काठमाडौंबाट जिरी तर्फ जाँदै गरेको यात्रुबहाक बस दोलखा भीमेश्वर– ७ साखिनेमा दुर्घटना हुँदा १७ जना घाईते भएका छन् ।
करिब ४० जना यात्रु सवार बा २ ख ६२०४ नम्बर बस आज, २३ चैत दिउँसो सडक किनारमा दुर्घटना भएको हो ।
दुर्घटनाका घाइते भएका मध्यभीमेश्वर नगरपालिका–८ बोचका ४० वर्षीय केशव थापा, बोचकै ४१ वर्षीया इन्दुकुमारी भुजेल, गौरीशङ्कर जुँगुकी ११ वर्षीया यायुस्मा कार्की र २९ वर्षीया शर्मिला कार्की गम्भीर अवस्थामा चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रेमसागर केसीले बताए ।
यात्रु धेरै भएको र बसको गतिसमेत तिब्र रहेकोले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
हिजो मात्रै दोलखामामिनी ट्रक दुर्घटनाहुँदा २० जना घाइते भएका थिए ।
सर्मिला बुढाथोकी, दोलखा