तयार भयो नमूना मुसहर वस्ती
धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण थालेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमूना मुसहर वस्ती तयार भएको छ ।
कलाकार सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली'ले एकीकृत नमूना मुसहर वस्ती निर्माण गरेका हुन । “निर्माण कार्य सकिएको छ, अब नयाँ वर्षमा हस्तान्तरण गर्छौ” फाउण्डेशनका अध्यक्ष सिताराम कट्टले 'धुर्मुस'ले भने ।
आउदो १ बैशाखमा कलाकार मदनकृष्ण श्रेष्ट, हरिबंस आचार्य, धुर्मस-सुन्तलीका आमाबुवा तथा जनकपुरधाम सफाइ अभियानमा संलग्न सामाजिक कार्यकर्ता रामआशिष यादवले संयुक्त रुपमा वस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।
धुर्मसल-सुन्तली फाउण्डेशनले मुसहर वस्तीमा ५३ घर निर्माण गरेको हो । फाउण्डेशनले यस अघि काँभ्रेको पहरी नमूना वस्ती र सिन्धुप्लाञ्चोकको गिरानचौर नमूना वस्ती निर्माण गरेको थियो ।
फाउण्डेशनका अध्यक्ष धुर्मुसले निर्माण कार्य पुरा भएको बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।