भारत नेपालको विकास विरोधी भएको ओलीको ठहर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत नेपालको विकास विरोध भएको बताएका छन् ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानको कार्यक्रममा बोल्दै ओलीले नेपालको विकास निर्माणमा अवरोध नगर्न भारतलाई आग्रहसमेत गरेका छन् ।
भारतप्रति लक्षित गर्दै ओलीले भने “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ ।”
ओलीले सडक वा नयाँ विकासका आयोजना सञ्चालन गर्न लाग्दा भारतले सुरक्षा र अन्य विविध कारण देखाएर अवरोधको प्रयास गर्दै आएको बताए ।
भारतमा निर्भर नेपालको अर्थतन्त्रलाई तोडेर चीनसँग पनि व्यापारिक मार्ग खोल्नुपर्ने र पारस्परिक लाभको सम्बन्ध विस्तार गर्नुपर्ने ओलीले बताए ।