दोलखामा ‘मिनि ट्रक’ दुर्घटना हुँदा २० घाईते
दोलखाको भीमेश्वर नगरपालिका–५ पिपलबोट नजिक मिनि ट्रक दुर्घटना हुँदा २० जना घाईते भएका छन् । घाईते मध्य तीन जनाको अवस्था गम्भीर रहेकाले काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
दोलखाको मेलुङ–३ ओख्रेनीबाट रामनवमीको अवसरमा भीमेश्वर मन्दिरमा पुजा गर्न आएका ३० जना यात्रु सवार बा ४ ख १७३२ नम्बरको मिनि ट्रक दुर्घटनामा परेको हो ।
दुर्घटनाका घाईते मानबहादुर तमाङ, मीरा तमाङ र रामदेवी तामाङलाई थप उपचारको लागि काठमाडौँ पठाईएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाईते टेकबहादुर तामाङ, बेदबहादुर तामाङ, बेनबहादुर तामाङ, रामजी तामाङ, रसिला खड्का, रश्मि खड्का, प्रनिता खड्का, निमा थोकर, पदम थोकर, श्यामबहादुर तामाङ, गणेश केसी, यश्मिला तामाङ र कमल खड्काको चरिकोट स्थित च्छो रोल्पा जनरल अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी रामदेवी तामाङ, अनिशा तामाङ, टिकामाया तामाङ, सूर्यबहादुर थोकर र मङ्गलीमाया तामाङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
मोडमा तिब्रगतिका कारण दुर्घटना भएको मिनिट्रकका सहयोगी एवं दुर्घटनाका घाईते कमल तामाङले बताए । चालक घ्याङ सुकाठोकर– ६ का दुर्गाबहादुर खड्का दुर्घटनापछि सम्पर्कविहिन भएका छन् ।
- सर्मिला बुढाथोकी, दोलखा