प्रदेश नं ७ मा १२ लाख मतदाता (जिल्लाको विवरण सहित)
३१ बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८६५ मतदाताले भोट दिन पाउने भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीअनुसार प्रदेश नं ७ मा छ लाख ७३ हजार ३२१ महिला, पाँच लाख ४२ हजार ५३० पुरुष र १४ जना तेस्रोलिङ्गी रहेका छन् ।
कैलालीमा चार लाख तीन हजार २८० जना मतदाता रहेका छन् । त्यस्तै कञ्चनपुरमा दुई लाख ३५ हजार ७३६, डडेल्धुरामा ७५ हजार ७८०, बैतडीमा एक लाख २४ हजार ८२४, डोटीमा एक लाख ८८७, दार्चुलामा ७२ हजार ९०६, अछाममा एक लाख २७ हजार ७२४, बझाङमा ९७ हजार ६१० र बाजुरामा ६४ हजार ९५० जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।