मतदाता शिक्षा कार्यकर्ता तालिम शुरु
स्थानीय तह निर्वाचनमा खटिने कार्यकताको लागि आजबाट देशैभर दुईदिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
निर्वाचनमा २१ हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने आयोगले जनाएको छ । कार्यकर्ताले प्रत्येक घर पुगेर मतदातालाई सुसूचित गराउनेछन् ।
मतदानमा सहभागी हुँदा अपनाउनुपर्ने प्रक्रियाबारे कार्यकर्तालाई तालिम दिइनेछ ।
मतदाता शिक्षा कार्यकर्ताले तालिम पछि एक करोड ४० लाख ५४ हजार ४८२ मतदातालाई मतदाता शिक्षा सिकाउनेछन् ।
संविधानसभा निर्वाचनको तुलनामा यसपटक १९ लाख २१ ह्जार ८४९ मतदाता थपिएका छन् । एउटा मतदाता शिक्षा कार्यकर्ताले हरेक दिन २२ मतदाताका दरले एक महिनामा ६७० मतदातालाई भोट खसाल्ने तरिकाबारे घरघरमा पुगेर सिकाउनेछन् ।
पहिलो चरणको प्रशिक्षण कार्यक्रममा २५० जना सहभागी छन् । तीन चरणमा गरिने प्रशिक्षणमा ७५० जनालाई प्रशिक्षण दिइने आयोगले जनाएको छ ।