ग्लोबल आइएमई बैङ्कको साधारण सभा सम्पन्न
ग्लोबल आइएमई बैङ्कको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले चन्द्रप्रसाद ढकाल सहित ६ सदस्यीय सञ्चालक निर्विरोध निर्वाचित गरेको छ ।
सभाले शेयरधनीलाई १५.७६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । योसँगै बैङ्कको चुक्ता पुँजी रु.७ अर्ब २४ करोड पुगेको छ ।
८७ अर्ब निक्षेप, ७२ अर्ब कर्जा लगानी रहेको बैङ्कको हाल ९४ वटा शाखा, १० वटा राजश्व सङ्कलन काउण्टर, १ वटा सिडिएससी काउण्टर, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।