राजविराजः दुई व्यवसायीको घर अगाडि बम फेला
राजविराजका दुई व्यवसायीको घर अगाडि बम फेला परेको छ ।
राजविराज–४ का किराना व्यवसायी बिनोद चौधरी र राजविराज ५ स्थित इँटा व्यवसायी छोटु भनिने रबीन्द्र यादवको घर अगाडि २२ चैत विहान बम फेला परेको हो ।
उक्त बम आफूले राख्न लगाएको जयकृष्ण गोइतको ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)’ ले जनाएको छ ।
उक्त मोर्चाले आफूहरुले मागेको चन्दा नदिई निज व्यावसायीहरुले प्रहरीमा उजुरी गरेकाले बम राखिएको विज्ञप्तिमार्फत जनाएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी अनुराग द्विवेदीले चौधरी र यादवको घर अगाडि बम फेला परेको बताउँदै निष्कृय बनाउनका लागि नेपाली सेनाको टोली आइपुगेको जानकारी दिएका छन् ।
राजविराजस्थित श्रीकृष्ण दल गणको नेपाली सेनाको बम डिस्पोजल टोली बमलाई निष्कृय गर्ने काम गरिरहेको छ भने चारैतिर प्रहरीले सुरक्षा दिइरहेका छन् ।
श्रवणकुमार देव, राजविराज