अपराधीको पहिचान भइसकेको छ: गृहराज्यमन्त्री
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रविन्द्र शाहको हत्यामा संलगन व्यक्तिहरु पहिचान भइसकेको गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले बताएका छन् ।
२१ चैतमा शाहका परिवारलाई भेट्न जाजरकोट पुगेका गृहराज्यमन्त्री बानियाँले सुरक्षा संवेनशीलताका कारण घटनाका विषयमा अहिले सार्वजनिक नगरिएको बताए । “अपराधीको पहिचान भइसकेको छ । छिट्टै पक्राउ भइहाल्छ” उनले भने । १५ चैतमा अज्ञात समूहले शाहको हत्या गरेको थियो ।
नेपाल प्रेस युनियन, जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री बानियाँले आसन्न स्थानिय तहको निर्वाचनलाई प्रभावित पार्न शाहको हत्या गरिएको बताए । घटनाको छाविन भइरहेको बताउदै उनले भने, “निर्दोष कोही नपरुन र दोषी कोही नउम्किउन भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अपराधी जुनसुकै ठाउँमा गएको भएपनि पक्रेर ल्याउने छौ ।”
यसैबीच नेपाली काँग्रेसले शाहको स्मृतिमा जाजरकोट सदरमुकाममा श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ ।
राजेन्द्र कार्की, जाजरकोट