एसईई परीक्षार्थीका लागि एनसेलको सिम १ रुपैंयामै
जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विशेष अफर ल्याएको छ ।
यस योजना अन्तर्गत परीक्षार्थीले १ रुपैंयामा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् ।
योजना २० चैत्रदेखि लागू भएको र ९० दिन सम्मको लागि मान्य हुने एनसेलले जानकारी गराएको छ ।
अफर पाउनको लागि परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।