नबिल बैङ्कको शाखा स्थानान्तरण
नबिल बैङ्कले काठमाडौँको जोरपाटी शाखा पिपलबोट बौद्धमा स्थानान्तरण गरेको छ ।
बैङ्कका अध्यक्ष शम्भुप्रसाद पौड्यालले एक विशेष समारोहकाबीच स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरेका छन् ।
बैंकिङ् सेवा तथा सुविधाहरू सहज र सरल रूपमा उपलब्ध गराउन शाखा स्थानान्तरण गरिएको बैङ्कले जनाएको छ ।
बैङ्कले देशभर ५२ शाखा र ९५ वटा एटिएम मार्फत बैंकिङ् सेवा प्रदान गरिरहेको छ ।