बढ्दो प्रदूषणविरुद्ध युवा अभियान
काठमाडौंमा वायुप्रदूषण न्युनिकरणका लागि दबाब दिने उद्देश्यले युवाहरुले ‘डष्टमाण्डु टु काठमाडौं,यूनाइटेड भ्वाइस फर क्लिन एयर’ अभियान शुरु गरेका छन् ।
संविधानमा व्यवस्था गरिएको स्वच्छ वातावरणमा रहन पाउनु पर्ने मौलिक हकको निर्वाध उपयोग गर्नसक्ने वातावरण बनाउन माग गर्दै युवाहरुले १९ माघमा काठमाडौंको भृकुटीमण्डपबाट शान्तिवाटिका सम्मको जुलुश निकालेका हुन् ।
‘हामी समाधान चाहन्छौं, तर वायु प्रदूषण होइन,’ काठमाडौंमा घर छ, घर नपुग्दै पुर्ला भन्ने डर छ,’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरुले सरकारसँग वायुप्रदूषण कम गराउनका लागि सरकारको ध्यानाकर्षण गराए ।
आगामी दिनमा पनि सचेतना र दबाबमुलक कार्यक्रमहरुको आयोजना गरिने अभियानका संयोजक सुनिल तामाङले बताए ।