आजदेखि मतदाता नामावली छापिँदै
निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि मतदाता नामावली छाप्न शुरु गरेको छ ।
स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाताको नामावली सङ्कलन भएको निर्वाचन आयोगले जनाएको छ ।
छापिएको मतदाता नामावलीको सूचि १० वैशाखभित्र सबै जिल्लामा पु्र्याइसक्ने आयोगले जनाएको छ ।
त्यस्तै, २५ चैतभित्र जिल्लामा खटिने ७५ जना मुख्य निर्वाचन अधिकृत र ६६९ जना निर्वाचन अधिकृत नियुक्त हुने आयोगले जानकारी दिएको छ । निर्वाचनमा देशभर एकलाख २६ हजार कर्मचारी परिचालन हुनेछन् ।