नवलपरासीमा गाडी दुर्घटना, पाँचको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा आज बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट काठमाडौँ हिँडेको ना ४ ख ३९९५ नंको बसलाई सोही दिशातर्फ गुडिरहेको युपी ५८ टि ५४७ भारतीय ट्रकले ठक्कर दिँदा दाङका १६ वर्षीय राम चौधरी, १७ वर्षीय वीरबल चौधरी, सुर्खेतका ३८ वर्षीय हरिराम राम्जाली मगर र ट्रकका चालक भारत विहार घर भएका २५ रियाज खान र अर्का एक जनाको मृत्यु भएको हो ।
घाइतेको अहिले मध्यबिन्दु सामुदायिक अस्पताल डन्डामा उपचार भइरहेको छ । बस बिग्रेर टायर फेर्ने क्रममा आज बिहान २ः४५ बजे ट्रकले बसलाई ठक्कर दिएको थियो । रासस