म्यादी प्रहरीमा मधेशी महिलाको आकर्षण
मधेशी मोर्चाले संविधान संशोधन नभएसम्म स्थानीयत तहको निर्वाचन हुन नदिने बताइरहँदा मधेशमा भने म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुको घुइँचो छ ।
शब्द/तस्वीर: जियालाल साह
मधेशी मोर्चाले संविधान संशोधन नभएसम्म स्थानीयत तहको निर्वाचन हुन नदिने बताइरहँदा मधेशमा भने म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुको घुइँचो छ ।
पहाडमाजस्तै मधेशका गाउँदेहातबाट म्यादी प्रहरीका लागि आवेदन दिन सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय आउनेहरुमा महिलाहरुको संख्या पनि उल्लेख्य छ ।
वीरगञ्जबाट २८ किलोमिटर पश्चिम भिखमपुरबाट आवेदन दिन आइपुगेका महिलाहरुले २०६४ सालको निर्वाचनमा म्यादी प्रहरी भएर आफूहरुले योगदान दिइसकेकाले यसपटक पनि म्यादी प्रहरीमा भर्ना हुन चाहेको बताए ।